Categories समाचार

‘ब्लड फर नेपाल’ सातौं वर्षमा प्रवेश

वीरगञ्ज । रक्त अभाव न्यूनीकरण गर्ने उद्देश्यसहित स्थापना गरिएको “ब्लड फर नेपाल” संस्थाले सातौं वार्षिकोत्सव मनाएको छ।

धनुषाका सरोज महतोद्वारा सन् २०१८ मा स्थापना गरिएको यस संस्थाले सात वर्षको अवधिमा देशभर रक्तदानको प्रभावकारी अभियान सञ्चालन गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

Advertisement

संस्थाका अनुसार हालसम्म २५ हजार ३८२ जना बिरामीलाई रगत व्यवस्थापन गरिसकिएको छ।

Advertisement

त्यस्तै, ४ हजार ३९३ जना रक्तदातालाई परिचालन गर्दै ६ हजार ९८२ पिन्ट रगत संकलन, २४० वटा रक्तदान तथा सचेतना कार्यक्रम, र १ लाख ३५ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष प्रभाव पुर्‍याइएको छ।

संस्थाले विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा रक्तदान सामग्री वितरणमार्फत पनि हजारौं लाभग्राहीमा सेवा पुर्‍याएको छ।

संस्थाका पदाधिकारीहरूले सहकार्य विस्तार, सदस्य संख्याको वृद्घि, युवाको सक्रिय सहभागिता र सामाजिक सञ्जालको सशक्त प्रयोगलाई संस्थाको सफलताको मुख्य आधार मानिएको बताएका छन्।

संस्थापक सरोज महतोले भने, “अबको हाम्रो लक्ष्य अझ प्रभावकारी रूपमा देशभर रक्तसेवाको सञ्जाल फैलाउने हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *