Categories समाचार

संकटमा जनतालाई छोडेर नेताहरूको ध्यान पार्टी विस्तारमा

Advertisement

वीरगन्ज । एकातिर वीरगन्ज र आसपासका हजारौँ नागरिक भीषण पानी संकटको चपेटामा परिरहेका छन्, अर्कोतिर मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत बाराको कलैयामा भव्य पार्टी प्रवेश कार्यक्रममा व्यस्त देखिएपछि तीव्र आलोचना सुरु भएको छ।

Advertisement

वीरगन्ज र आसपासका हजारौँ नागरिक ट्यांकरको पर्खाइमा घण्टौँ लाइन बस्न बाध्य छन्। धाराहरू सुक्खा छन्, हात धुने पानीसमेत छैन, तर प्रदेश सरकारका शीर्ष नेताहरू जनताको पीडाभन्दा पार्टी विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ।

Advertisement

यद्यपि सरकारले समस्या गम्भीर बनेपछि सुख्खा क्षेत्र घोषणा गर्दै पानी आपूर्तिका लागि ट्याक्टर परिचालन गरेको छ, तर दीर्घकालीन समाधान, जनताको घर–घरमै पानी पुर्‍याउने योजना र तिनको प्रभावकारी कार्यान्वयन अझै कमजोर रहेको आलोचकहरूको भनाइ छ।

Advertisement

एक स्थानीय शिक्षकको भनाइमा, “हामी हप्तौंदेखि पानीको लाइनमा छौं। सुख्खा क्षेत्र घोषणा त स्वागतयोग्य हो, तर नेताहरू यति बेला पार्टीको झण्डा फर्फराउँदै भाषण गरिरहँदा हामीलाई अपमान महसुस हुन्छ।”

जनताको यो संकटमा नेतृत्वले प्रत्यक्ष अवलोकन गर्न नआएको, कुनै गम्भीर राहत योजना लिएर नपुगेको र एउटै समयमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएको कुराले नेताहरूको प्राथमिकता स्पष्ट पारेको छ।

समाजसेवीहरूको तर्क छ — “आपतकालीन राहतसँगै दीर्घकालीन समाधान पनि जरुरी हो, तर हाम्रो नेतृत्व सतही, प्रचारमुखी र जनताको पीडा प्रती अन्धो बनेको छ।”

सरकारले पानी आपूर्तिका लागि ट्याक्टर पठाएको भए पनि त्यो सबैको पहुँचसम्म पुग्न सकेको छैन। कतिपय स्थानमा ट्याक्टर पुग्न सकेको छैन भने कतै पानी नपुगेको गुनासो छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *