Categories समाचार

वीरगन्ज वडा १९ मा सार्वजनिक पोल तोडफोड, महानगरद्वारा प्रहरीमा उजुरी

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं १९ स्थित विन्दावासिनी तिलावे नदी किनारमा सार्वजनिक जग्गामा वृक्षारोपण गर्न तयार पारिँदै गरिएको क्षेत्रमा तोडफोड भएको छ।

महानगरपालिकाको निरीक्षणका क्रममा उक्त क्षेत्रमा लगाइएको तार घेरबारका ८० वटा पोलमध्ये ३४ वटा पोल ढालिएको अवस्थामा फेला परेको हो।

Advertisement

घटनापछि वीरगन्ज महानगरपालिकाले सो विषयमा आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराएको छ। महानगरले सार्वजनिक सम्पत्तिमा गरिएको यस प्रकारको तोडफोडलाई गम्भीर रुपमा लिँदै दोषी उपर यथाशीघ्र कडा कारबाही हुनुपर्ने माग गरेको छ।

Advertisement

वीरगन्जका प्रमुख राजेशमान सिंहको नेतृत्वमा सार्वजनिक जग्गालाई संरक्षण गर्दै हरियाली प्रवर्द्धन गर्ने “जहाँ खाली, त्यहाँ हरियाली” अभियान सञ्चालनमा छ। दशकौंसम्म अतिक्रमण र जबर्जस्ती भोगचलनमा रहेको जग्गा पुनः महानगरको स्वामित्वमा ल्याउने अभियान तीव्र बनाइएपछि केही तत्वहरूलाई यो अभियान अपाच्य बनेको देखिन्छ।

महानगरले सार्वजनिक जग्गा संरक्षण, वृक्षारोपण, वातावरणीय सुधार तथा सामुदायिक स्वामित्वको प्रवर्द्धनका लागि अभियानलाई निरन्तरता दिँदै आएको छ।

यस्ता तोडफोड र अवरोधको बाबजुद महानगरले आफ्नो अभियान अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *