Categories समाचार

टोलबासीको पहलले पानी आयो, वडाध्यक्षको बोरिङ अझै सुनसान (भिडियोसहित)

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ स्थित फुलवारी टोलमा खानेपानीको समस्या गहिरिँदै गएका बेला स्थानीयवासीले वडा अध्यक्ष सुरेश गुप्ताको निष्क्रियता देखेर आफैं पहल गरि महानगरको सहयोगमा छुट्टै बोरिङ गरेका छन्।

चासोको कुरा के छ भने, वडाध्यक्षको करिब १५ दिनअघि गरिएको बोरिङ अझै प्रयोगमा आउन सकेको छैन, तर टोलबासीले आफ्नै पहलमा गरेको नयाँ बोरिङ दुई दिनमै सञ्चालनमा ल्याई पानी वितरण सुरु गरेका छन्।

Advertisement

वडाध्यक्ष गुप्ताले आफैंको पहलमा टोलमा बोरिङ गराइएको दाबी गर्दै आएका थिए। तर, सो बोरिङमा पाइप जडान र वायरिङ नहुँदा अहिलेसम्म पानी वितरण शुरू हुन सकेको छैन। स्थानीयको आरोप छ—वडाध्यक्षले न त काम सम्पन्न गर्न सके, न त अरूको प्रयासलाई समर्थन जनाए। बरु, टोलबासी आफैं जुटेर चन्दा संकलन गरी छुट्टै बोरिङ गरे र दुई दिनभित्रै घरघरमा पानी पुर्‍याए।

Advertisement

“वडाध्यक्षको बोरिङ १५ दिन बित्दा पनि प्रयोगमा आउन सकेको छैन। हामीले चन्दा उठाएर छुट्टै बोरिङ गर्‍यौँ, दुई दिनमै पानी घरसम्म ल्यायौँ,” एक टोलवासीले भने। उनले थपे, “जनताको काम गर्न नसक्ने नेताले पछि आएर अवरोध मात्र गरे।”

स्थानीयको भनाइमा, टोलबासीको बोरिङ सञ्चालनमा आएपछि वडा अध्यक्ष गुप्ता आक्रोशित बने र ‘मैले गर्नुपर्ने काम आफैंले गर्दा गलत भयो’ भन्ने शैलीमा टिप्पणी गर्न थाले। यसबाट वडाध्यक्षको मनसाय र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठेको छ।

फुलवारी टोलमा अहिले टोलबासीले सञ्चालनमा ल्याएको बोरिङको पानीले धेरै घरमा राहत पुर्‍याएको छ। अर्कातर्फ, वडाध्यक्षको बोरिङको पानी भने सडकमा बगिरहेको छ, व्यवस्थापन नहुँदा बाटो नै बिग्रने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।

स्थानीयवासीले वडाध्यक्षलाई आग्रह गरेका छन् कि जनताको काममा अवरोध नगरी, आफैंले शुरु गरेको भनिएको बोरिङको बाँकी काम पूरा गर्नतर्फ लाग्नुस । “हामी जनता पानी बिना एकछिन पनि बस्न सक्दैनौं।

https://www.facebook.com/share/r/1YSw11ekVZ/?mibextid=oFDknk

https://www.facebook.com/share/v/162ySWR6Kc/?mibextid=oFDknk

https://www.facebook.com/share/v/16jEnS3N8V/?mibextid=oFDknk

https://www.facebook.com/share/v/16uD4C5kL9/?mibextid=oFDknk

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *