Categories समाचार

पर्सा डाक्टर्स वाइफ एशोसिएसनको पहलमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज । पर्सा डाक्टर्स वाइफ एशोसिएसन (PDWA) को संयोजनमा आज आइतबार वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। श्रावण ११ गते आयोजित यस कार्यक्रममा २५ जना रक्तदाताहरूले स्वेच्छिक रक्तदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता सङ्घकी उपाध्यक्ष श्रीमती प्रेमासिंहले गर्नुभएको थियो। कार्यक्रमलाई सफल बनाउन सचिव श्रीमती निशा सिंह र सहसचिव श्रीमती पिया सिंहले सहजीकरणको भूमिका निर्वाह गरेका थिए।

Advertisement

कार्यक्रममा सङ्घकी आजीवन सदस्यहरू — श्रीमती सुनिता सिंह, श्रीमती सीमा सिंह, श्रीमती अञ्जली गुप्ता, श्रीमती दिपाली चौरसिया, श्रीमती ज्योति ठाकुर, श्रीमती निभा मिश्र र श्रीमती कल्पना प्रसाद — को विशेष उपस्थिति रहेको थियो।

Advertisement

गर्मीको मौसममा रक्तदान कार्यक्रमहरू न्यून हुने भएकाले हाल रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव देखिएको छ।

यस्तो परिस्थितिमा आयोजित यस रक्तदान कार्यक्रमले बिरामीहरूलाई राहत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। PDWA को यो पहलले समुदायमा सकारात्मक सन्देश समेत प्रवाह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *