Categories समाज

अपांग महिलालाई निःशुल्क कृत्रिम खुट्टा प्रदान

वीरगंज । माहेश्वरी समाज वीरगंजका अध्यक्ष प्रकाश बाहेतीको नेतृत्व र पहलमा पर्सा जिल्लाकी एक अपांग महिला निःशुल्क कृत्रिम खुट्टा प्राप्त गर्दै नयाँ जीवनमा कदम राख्न सफल भएकी छन्।

मानवसेवाको उत्कृष्ट उदाहरणस्वरूप उक्त कृत्रिम खुट्टा जयपुरको रोटरी महावीर लिम्ब रिहाबिलिटेशन सेन्टरलाई आर्थिक सहयोगमार्फत प्रदान गरिएको हो।

Advertisement

सहयोग कार्यक्रमको स्थानीय संयोजन र सह–आयोजनाको भूमिका रोटरी क्लब वीरगंजले निर्वाह गरेको थियो। क्लब अध्यक्ष रोटेरियन गोपाल खेतानले अपांगता भएका नागरिकहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवनतर्फ उन्मुख गराउने लक्ष्य रहेको बताए। उनका अनुसार रोटरी क्लब सदैव समाजसेवामा समर्पित रहेको र भविष्यमा यो अभियानलाई अझ व्यापक बनाउने तयारीमा रहेको पनि जानकारी दिए।

Advertisement

माहेश्वरी समाज वीरगंजले आफ्नो सामाजिक उत्तरदायित्वअनुरूप थालिएको यस सेवामूलक कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रोटरी क्लब वीरगंजद्वारा सञ्चालित कृत्रिम खुट्टा वितरण अभियानबाट हालसम्म सयौं अपांग नागरिकहरू लाभान्वित भइसकेका छन्। विज्ञहरूका अनुसार एउटा कृत्रिम खुट्टा प्रत्यारोपणमा औसतमा साढे १६ हजार रुपैयाँ बराबरको खर्च लाग्ने बताइएको छ।

क्लबका सचिव रोटेरियन राकेश मिश्राले यस अभियानले अपांगता भएका व्यक्तिहरूको जीवनमा आशाको उज्यालो फैलाउने र सामाजिक समावेशीता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *