Categories समाचार

स्थानीय दबाबपछि फुलवारी टोल पुगे वडाध्यक्ष, गल्ती स्वीकार्दै सहकार्यको आश्वासन

Advertisement

वीरगन्ज । वीरगन्ज–१२ स्थित फुलवारी टोलमा भएको विवादपछि आज वडाध्यक्ष सुरेश गुप्ता स्थानीयवासीसँग छलफलमा बसेका छन् ।

हिजो पाइप वायरिङको काम रोकिएको र ९८ हजार रुपैयाँ जबर्जस्ती उठाइएको आरोप लगाइएपछि वडाध्यक्ष गुप्ता पहिलोपटक सो टोलमा स्थलगत निरीक्षणका लागि पुगेका थिए ।

Advertisement

स्थानीयले वडाध्यक्ष जितेपछि पहिलोपटक टोलमा प्रवेश गरेको भन्दै विभिन्न कोणबाट टिप्पणी गरेका छन् । आजको निरीक्षणपश्चात् वडाध्यक्षले स्थानीय प्रतिनिधिहरूलाई वडा कार्यालयमा छलफलका लागि बोलाएका थिए ।

Advertisement

छलफलका क्रममा स्थानीयले पानीको समस्या समाधानका लागि गरेको पहलमा अवरोध पुर्‍याएको गुनासो दोहोर्याएका थिए ।

छलफलमा वडाध्यक्ष गुप्ताले केही व्यक्तिहरूको गुनासो र आरोपको भरमा आफू घटनास्थल पुगेको स्वीकार गर्दै अबदेखि आवश्यक सबै कामको व्यवस्थापन आफैं गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै, छलफलमा सहभागी सञ्चारकर्मीहरूले हिजो पत्रकारमाथि लगाइएको झुठा आरोपबारे स्पष्ट धारणा राख्न आग्रह गरेपछि वडाध्यक्षले आफू बिहानै अन्य मिडियामा बोलिसकेको र पुनः केही नबोल्ने बताएका थिए ।

तर, उनले हिजोको घटनामा पत्रकारमाथि लगाइएको आरोपबारे “अरुको उकसाहटमा परेको हुँ” भनेर स्वीकार गरे ।

छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *