बीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३० स्थित श्री नेपाल राष्ट्रिय आदर्श प्रसोतीपुरमा शौचालय भवन उद्घाटन तथा विद्यालय ब्याग वितरण कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ बीरगञ्जको आयोजनामा नयाँ शौचालय भवन उद्घाटन तथा विद्यालयका विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता रोट्र्याक्ट क्लब अफ बीरगञ्जका अध्यक्ष विवेक कुमार पटेलले गरेका थिए।
प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा वडा नं. ३० का वडाध्यक्ष मनोज कुमार यादव, समाजसेवी एस.पी. गौतम मिश्र, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष विरेन्द्र कुमार यादवलगायतको उपस्थिति रहेको थियो।
उक्त अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरिएको थियो। कार्यक्रममा सहभागी सबै महानुभावप्रति आयोजक संस्था र विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ।






