Categories समाचार

अपाङ्ग अवस्थाका श्रेष्ठलाई उपकार सेवा नेपालको खाद्यान्न सहयोग

बिरगंज । शारीरिक अपाङ्गता र आर्थिक अभावबीच संघर्षरत जीवन बाचिरहेका बिरगंज–७ कुम्हालटोलका ५३ वर्षीय सुरज श्रेष्ठलाई उपकार सेवा नेपालले खाद्यान्न सामग्री सहयोग गरेको छ।

लामो समयदेखि रोगले थलिएका श्रेष्ठको एक खुट्टा काट्नुपर्ने अवस्था आएको र हाल उनी अत्यधिक अशक्त अवस्थामा पुगेका छन्। कमजोर आर्थिक अवस्थाका कारण दैनिक जीविकोपार्जनमा समेत कठिनाइ खेपिरहेका श्रेष्ठको अवस्था जानकारी पाएपछि उपकार सेवा नेपाल सहयोग लिएर उनको घरमै पुगेको हो।

Advertisement

संस्थाले एक बोरा चामल (३० किलो), दाल, नून, आलु, प्याज, चिउरा, स्वाबिन, खाने तेल लगायतका आवश्यक खाद्यान्न सामग्री प्रदान गरेको हो।

Advertisement

सहयोग कार्यक्रमको नेतृत्व उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले गरेकी थिइन्। साथमा सामाजिक अभियन्ता प्रकाश थारू, समाजसेवी द्रभलादमि श्रवण रायमाझी तथा रितेश गुप्ताको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *