Categories समाचार

विवेक पटेल बने रोटर्याक्ट वीरगञ्जका अध्यक्ष, सामाजिक सेवामा नयाँ जोश

वीरगञ्ज । सामाजिक सेवा र युवा नेतृत्वको प्रतीक बनेको रोटर्याक्ट क्लब अफ वीरगञ्जले आफ्नो ३५ औं पदस्थापन तथा सम्मान समारोह भव्य ढंगले सम्पन्न गरेको छ। होटल भिष्वा, वीरगञ्जमा सम्पन्न उक्त समारोहले नयाँ नेतृत्वको थालनी मात्र गरेन, विगतका योगदानलाई सम्मान गर्दै भविष्यप्रति उत्साह थप्यो।

समारोहमा रोटरी इन्टरनेशनलका पूर्व डिस्टिक गभर्नर रोटेरियन जितेन्द्र राज भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। रोटेरियन अमित गिरि र रोटरी क्लब अफ वीरगञ्जका वर्तमान अध्यक्ष रोटेरियन गोपाल खेतान विशेष अतिथिका रूपमा उपस्थित थिए।

Advertisement

यस अवसरमा रोटर्याक्टर विवेक कुमार पटेललाई नयाँ अध्यक्षको रूपमा औपचारिक पदस्थापन गरियो। पद हस्तान्तरण समारोहमा रोटेरियन भण्डारीले विवेक पटेललाई पदको जिम्मेवारी हस्तान्तरण गर्दै सामाजिक नेतृत्वमा अझ सशक्त भूमिका निर्वाह गर्न प्रेरित गरे।

Advertisement

नव अध्यक्ष पटेलले पद ग्रहण गर्दै क्लबको सेवा भावलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार क्लबले अब युवाहरूलाई सामाजिक रूपान्तरणका लागि अझ संगठित र दिगो गतिविधिमा जोड दिनेछ।

पूर्व अध्यक्षद्वारा कार्यकालभर सक्रिय साथ दिएका कार्यसमितिका सदस्यहरूलाई प्रशंसा पत्र प्रदान गर्दै विदाई सम्मान गरियो। साथै, विगतमा नेतृत्व सम्हालेका पूर्व अध्यक्षहरूलाई समेत विशेष सम्मान दिइयो।

कार्यक्रममा रोटरी तथा रोटर्याक्ट परिवारका दर्जनौं सदस्यहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार, समारोहले सामाजिक सेवाको निरन्तरताका लागि नयाँ उर्जा र दिशा तय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *