वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले मंगलबार दिउँसो १२:४५ बजे पर्सा जिल्लाको वीरगञ्जस्थित पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर भएका एक अन्दाजी ३५ वर्षीय पुरुषलाई उद्धार गरेको छ।
उद्धार गरिएका व्यक्तिले आफ्नो नाम र ठेगाना स्पष्ट रूपमा बताउन नसकेका कारण उनी बेवारिसे अवस्थामा फेला परेका थिए।
मानवसेवा आश्रम वीरगञ्जमा लगिएपछि उहाँको सरसफाई गरिनुका साथै स्वास्थ्य परीक्षण तथा औषधोपचारको व्यवस्था गरिएको छ। डाक्टर भरत गोईतको निगरानीमा आवश्यक उपचार प्रक्रिया अघि बढाइने आश्रमले जानकारी दिएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, वडा प्रहरी कार्यालय वीरगञ्जका बरिष्ठ हवल्दार दिनेश यादव तथा स्थानीय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।






