Categories समाचार

विवाह गर्नुअघि अब अनुमति अनिवार्य

बालविवाह नियन्त्रणका लागि वडा कार्यपालिकाको ऐतिहासिक कदम

पर्सा । पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ मा अब विवाह गर्नुअघि अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। मंगलबार वडाध्यक्ष बिपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।

बालविवाहमुक्त वडा बनाउने उद्देश्यसहित गरिएको उक्त निर्णय अनुसार, अब वडामा विवाह गर्दा केटा र केटी दुबैको उमेर २० वर्ष पूरा भएको प्रमाणित हुनुपर्नेछ। उमेर नपुगी वा बिना स्वीकृति विवाह गरेमा सम्बन्धित पक्षलाई कानुनबमोजिम कारबाही गरिने वडाध्यक्ष मुखियाले स्पष्ट पारे।

Advertisement

“बालविवाह रोक्नका लागि यो कदम आवश्यक थियो,” वडाध्यक्ष मुखिया भन्छन्, “विवाह व्यक्तिगत मात्र नभई सामाजिक जिम्मेवारी पनि हो, त्यसैले समाजको हितका लागि हामीले यो निर्णय लिएका हौं।”

Advertisement

साथै बैठकले जनचेतना अभिवृद्धिका लागि वडामा घर–घर पुग्ने अभियानसहित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।

बैठकमा वडाध्यक्ष मुखियासहित वडा सदस्य मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानो मियाइनले निर्णयमा सहमति जनाउँदै हस्ताक्षर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *