Categories समाचार

वीरगञ्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न, ७० बिरुवा रोपिए

Advertisement

वीरगञ्ज । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगञ्ज पर्साको संयुक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित वैष्णवी मन्दिर चौकदेखि नयाँ बसपार्कसम्मको सडक किनारमा करिब ७० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। ती बिरुवाहरूको संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) समेत जडान गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहेका थिए। उनले वातावरण संरक्षण अहिलेको आवश्यकता मात्र नभई सबैको सामूहिक जिम्मेवारी भएको बताए। “हरियाली विस्तार हाम्रो महानगरको दीर्घकालीन प्राथमिकता हो,” नगर प्रमुख सिंहले भने, “सामुदायिक सहकार्य, प्रहरी सेवा केन्द्र र नागरिक समाजको संयुक्त प्रयासले आजको वृक्षारोपण कार्यक्रम सफल भएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजानेछौँ।”

Advertisement

उक्त कार्यक्रमले वातावरण संरक्षणप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै वीरगञ्जको सडक किनारमा हरियाली थप गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। साथै, आगामी दिनहरूमा थप वृक्षारोपण र संरक्षण कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको जानकारी दिइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *