वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र वडा सदस्य हकहित संरक्षण समितिको संयुक्त आयोजनामा आज महानगर कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
“मानव सेवाको भावना बोकेको यस कार्यक्रममा १ जना महिला सहित २१ जनाले स्वेच्छिक रक्तदान गरेका छन्,” आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमको उद्घाटन नगरप्रमुख राजेशमान सिंहले रक्तदाताहरूलाई रक्तको झोला हस्तान्तरण गर्दै गरेका थिए। उनले रक्तदाताको साहस र सेवाभावप्रति आभार प्रकट गर्दै भने, “रक्तदानजस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश दिन्छ। यस्तो सेवा अरु केही हुन सक्दैन।”
रक्तदान गर्ने व्यक्तिहरूमा सीता देवी साह, एमडी बसिर मिया हजाम, लालबाबु यादव, प्रमोद परियार, दिपेन्द्र पटेल, अतुल श्रेष्ठ, बिरेन्द्र साह, रामकिशन बान्ता, सुवास यादव, निरज चौधरी, शेख अली, परवेज हुसेन लगायत थिए।
कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतीज्ञा बैद्य, नगर प्रहरी प्रमुख हरि भुसाल, विभिन्न वडाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता वडा सदस्य हकहित संरक्षण समितिका अध्यक्ष शर्मा सर्भङ्गले गरेका थिए। आयोजकका अनुसार यस किसिमका कार्यक्रमले वीरगञ्ज क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई आपत्कालीन रगत आपूर्तिमा सहजता पुर्याउने अपेक्षा गरिएको छ।






