Categories समाचार

सेवा निवृत्त अश्कप्रति सम्मान र कृतज्ञता, आयोगले गर्‍यो विदाई

काठमाडौं । भाषा आयोगका सदस्य गोपाल अश्कको उमेर सीमा पूरा भई सेवा निवृत्त हुने अवसरमा आज एक विशेष विदाई कार्यक्रम आयोजना गरिएको छ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर अश्कको दीर्घ शैक्षिक योगदान, भाषा तथा साहित्यको क्षेत्रमा दिएको सक्रियता र मेहनती भूमिकाको उच्च प्रशंसा गर्दै सेवा निवृत्त जीवन सुखद र अर्थपूर्ण होस् भन्ने शुभकामना व्यक्त गरे।

Advertisement

विदाई समारोहमा वक्ताहरूले अश्कद्वारा भाषिक अध्ययन, अनुसन्धान र नीति निर्माणमा पुर्‍याएको योगदान स्मरण गर्दै आयोगभित्र उनको कार्यशैली अनुकरणीय रहेको बताए।

Advertisement

समारोहमा आयोगका पदाधिकारी, कर्मचारी, विभिन्न भाषा विज्ञ, शिक्षाविद्हरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *