Categories समाचार

आफ्नै पोखरीमा माछा मार्ने क्रममा डुबेका चौधरीको मृत्यु

इटहरी l सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा डुबेका स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार चौधरी आज साँझ करिब ६ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी कार्य थालेको थियो।

Advertisement

गोताखोर टोलीले साँझ करिब ७ः३० बजे चौधरीको शव पोखरीमै फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण मुख्यालय सुनसरीका प्रमुख निर्मलकुमार थापाले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *