वीरगञ्ज । शालोम माध्यमिक विद्यालय +२ द्वारा आयोजना गरिएको ‘इन्भेस्टिचर समारोह तथा पुरस्कार वितरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरस्थित अडिटोरियम हलमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल श्री दिलीप प्रजापति अध्यक्ष रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका शिक्षा शाखाका सुरेन्द्र ठाकुर रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा गुगल मावि वीरगञ्जका निर्देशक श्री नरेश पटेल, कंचनजंघा माविका निर्देशक श्री माटिन मोक्टान, शालोम विद्यालयका अर्का सञ्चालक श्री कौशल शिवास्तव, श्री उमाशंकर शराफ, बुद्धिजीवी श्री ऋषिदेव पण्डित, श्री नन्दु यादव, समाजसेवी श्रीमती रमिता माया, पत्रकार जगत राई तथा रातो पानाका अध्यक्ष श्याम सर्राफलगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका को–अर्डिनेटर जगत क्षेत्री, शिक्षक–शिक्षिका, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइयो। साथै, शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा विविध क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, उत्तरदायित्वको भावना र प्रेरणा जागृत गर्ने उद्देश्यलाई सफलतापूर्वक सम्बोधन गरेको विद्यालय पक्षले जनाएको छ।






