वीरगञ्ज । रोटर्याक्ट क्लब अफ शंकराचार्यको दोस्रो पदस्थापन समारोह आज शनिबार वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा सम्पन्न भएको छ।
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटेरियन गोपाल खेतान प्रमुख अतिथि रहनुभएको थियो। समारोहको अध्यक्षता क्लबका नव निर्वाचित अध्यक्ष रोटर्याक्टर अमित कुमार सर्राफले गर्नुभयो भने सञ्चालन रोटर्याक्टर अक्षत चौधरीले गर्नुभएको थियो।
समारोहमा निवर्तमान अध्यक्ष रोटर्याक्टर पियुष अग्रवालले आफ्नो कार्यकाल (आरवाई २०२४–२५) सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।
विशिष्ट अतिथिका रूपमा रोटरी क्लब अफ वीरगञ्जका रोटेरियन सोहन पोद्दार, दिनदयाल केडिया, निर्मल खत्री, राकेश मिश्र, दीपक तुल्स्यान, अभिषेक चौधरी, संजय जोशी, अनिल जयसवाल, शशी रंजन, साथै रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का प्रतिनिधि रोटर्याक्टर अयुष गुप्ता, रोटर्याक्टर रेशु अग्रवाल, रोटर्याक्टर सौरभ बर्नवाल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी लिटिल स्टेप्स मण्टेसरी स्कुलका निर्देशक तुषार अग्रवाल, रोहित बजाज, अनमोल शाह, अंकुर गोयनका र अञ्जली अग्रवाल पनि अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
नव निर्वाचित अध्यक्ष रोटर्याक्टर अमित कुमार सर्राफले पदस्थापनको अवसरमा सम्पूर्ण अतिथि र सदस्यहरुप्रति धन्यवाद ज्ञापन गर्दै आगामी कार्यकालमा क्लबलाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।






