Categories समाचार

पत्रकार शाहलाई ‘सुबोध स्मृति पुरस्कार’, खनाल र यादव सम्मानित हुने

Advertisement

वीरगञ्ज । फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा स्थापना गरिएको ‘स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष वीरगञ्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने भएको छ।

प्रतीक प्रकाशन समूहले आफ्नो वार्षिकोत्सवको अवसर पारेर सक्रिय पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउने पत्रकारलाई हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ।

Advertisement

शनिबार सम्पन्न समूहको बैठकले अन्नपूर्ण पोस्ट दैनिकका पर्सा संवाददाता तथा मधेस खबर अनलाइन पत्रिकाका अध्यक्ष शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

Advertisement

त्यस्तै, स्तम्भ लेखन विधामा उत्कृष्ट ठहरिँदै आर्थिक अभियान दैनिकका संवाददाता एवं नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाललाई ‘उत्कृष्ट स्तम्भकार’का रूपमा सम्मान गरिनेछ।

यस्तै, ‘उत्कृष्ट संवाददाता’ विधामा प्रतीक दैनिकका संवाददाता प्रमोद यादव चयन भएका छन्।

उक्त पुरस्कार तथा सम्मान आगामी भदौ १ गते प्रतीक दैनिकको वार्षिकोत्सवको अवसरमा एक विशेष समारोहबीच प्रदान गरिने समूहले जानकारी दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *