वीरगञ्ज । वीरगञ्जका सुनचाँदी व्यवसायी, समाजसेवी तथा समृद्धि नेपाल फाउन्डेसनका अध्यक्ष सुरज कुमार सर्राफले साउने महिनाको अन्तिम सोमबारको अवसरमा मानवसेवा आश्रम वीरगञ्जमा आश्रित आमाहरू र दिदीबहिनीहरूलाई सौन्दर्य सामग्रीसहित मिठाई वितरण गरेका छन् ।
उनले प्रेमपूर्वक आश्रमका आमाहरुलाई चूडी, नङ पालिस, लिपस्टिक, टीका लगायतका सामग्री तथा मिठाई सहयोगस्वरूप प्रदान गरेका हुन ।
मानवसेवा आश्रमका तर्फबाट सर्राफ परिवारलाई विशेष आभार प्रकट गरिएको छ। आश्रममा आश्रित आमाहरूको अनुहारमा देखिएको मुस्कान र भावनात्मक उत्साहले यो सहयोग कति अर्थपूर्ण रह्यो भन्ने कुरा स्पष्ट देखिएको थियो।
समाजमा सकारात्मक सन्देश दिन सक्ने यस्ता कार्यहरूबाट अरु युवा व्यवसायी र नागरिकहरू पनि प्रेरित हुने अपेक्षा गरिएको छ। आश्रमले यस्तो सेवा भावपूर्ण कार्यमा निरन्तर साथ र सहयोगको अपेक्षा राखेको छ।






