Categories समाचार

सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढ्यो

Advertisement

काठमाडौं l नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

Advertisement

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *