Categories अन्तर्राष्ट्रिय

गर्लफ्रेन्डसँग घुम्न आर्थिक सहयोग माग्दै भित्ताभर पोस्टर टाँसियो

Advertisement

भारत । विभिन्न समस्यामा परेका व्यक्तिले आर्थिक सहायता माग गरेको हामीले धेरै देखेका छौँ । प्रायगरी रोग लागेर उपचार गर्न नसक्नेहरूले सहयोग माग्ने प्रचलन धेरै देखिन्छ ।

कुनै विपदमा परेका व्यक्तिका लागि, आर्थिक अभावमा पढ्न नसक्नेका लागि, कुनै सामूहिक कामका लागि सहयोग उठाउने गरेको हामीलाई थाहा छ । तर एक युवकले आफ्नी ‘गर्लफ्रेन्ड’सँग घुम्न जानका लागि भन्दै आर्थिक सहयोग मागेका छन् । उनले ‘गर्लफ्रेन्ड’सँग घुम्न जानुछ, ‘हेल्प मी’ भन्दै सडकका पोल तथा भित्ताहरूमा क्यूआर कोडसहित पोस्टर टाँसेका छन् ।

Advertisement

घटना भारतको राजस्थानस्थित जयपुर शहरको हो । शहरको पत्रिका गेट, वर्ल्ड ट्रेड पार्क, गौरव टावर सीटी जस्ता पर्यटकीय क्षेत्रमा यस खालका पोस्टर टाँसिएको छ । यसरी टाँसिएका पोस्टरको फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राखिएका छन् । त्यो निकै भाइरल पनि भइरहेको छ ।

Advertisement

क्यूआर कोड स्क्यान गरेर केही व्यक्तिहरूले त्यसमा पैसा पनि हालिदिएका छन् । क्यूआर कोड स्क्यान गर्दा राहुल प्रजापत नाम देखिएकाले उनैले पोस्टर टाँसेको अनुमान छ । उनले पञ्जाब बैंकमा रहेको आफ्नो खातामा सहयोग मागेका छन् ।

ती युवाले चर्चा कमाउन यसो गरिरहेका छन् वा मान्छेलाई भावनात्मक ब्ल्याकमेलिङ गर्दै ठगी गरिरहेका छन् भन्नेबारे खुलेको छैन ।

ती व्यक्तिको यो हर्कतबारे समाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । यो हर्कतलाई धेरैले मजाक उडाइरहेका छन् ।

‘कसैले प्रेम गर्ने अनि खर्चदेखि डराएर भीख माग्ने ?’ भन्दै प्रश्न गरेका छन् ।

कसैले भने ‘प्रेमका लागि मेहनत गरिरहेको’ पनि भनेका छन् । संसारमै कसैले नगरेको काम गरेको भन्दै यिनलाई नोबेल पुरस्कार दिनुपर्ने भन्दै व्यंग्य गर्नेहरू पनि छन् ।

आजतकबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *