Categories समाचार

सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

Advertisement

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।

गएराति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उपचारकै क्रममा उनको ‌मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको बताए ।

Advertisement

उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाइते भएका छन् । झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *