Categories समाचार

मदिरा सेवनका क्रममा विवाद: बलरामा छुरा प्रहार, तीन युवा घाइते

Advertisement

बिरगंज l सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा बलरा नगरपालिका–१ का २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।

बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप हुँदा एक अर्को समूहलाई छुरा प्रहार गर्दा तीनै जना घाइते भएका हुन् ।

Advertisement

धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती व्यक्तिहरूमाथि छुरा प्रहार गर्नेहरूमा भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय र अवशेख सिंह रहेका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *