Categories समाचार

नक्कली नागरिकतामा १९ वर्ष लुकेका हत्याका जन्मकैदी काठमाडौँबाट समातिए

Advertisement

काठमाडौं l झण्डै दुई दशकदेखि फरार ज्यान मुद्दाका एक अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

प्रहरीले सुनसरीको बराह नगरपालिका–३ निवासी सन्दिप धामी उर्फ रुपलाल धामीलाई काठमाडौं महानगरपालिका–२६, सामाखुशीबाट पक्राउ गरेको हो। उनी १९ वर्षदेखि फरार रहेका थिए।

Advertisement

धामीसहित अन्य आठ जनाले २०६१ साल फागुन १० गते पुरानो आपसी रिसइवीका कारण नरेन्द्र मोक्तानको हत्या गरेका थिए। उनीहरूले रातको समयमा मोक्तानको घरमै पुगेर हतियार प्रयोग गरी हत्या गरेका थिए र शवलाई नालामा फालेका थिए।

Advertisement

सो घटनामा संलग्न रहेको ठहरसहित अदालतले धामीलाई जन्मकैदको सजाय सुनाएको थियो। तर फैसला भएपछि उनी फरार रहँदै आएका थिए।

बहुप्रतीक्षित पक्राउ मंगलबार भएको हो। प्रारम्भिक अनुसन्धानमा धामीले लामो समयसम्म फरार रहँदा पक्राउ नपर्न नक्कली नागरिकता प्रयोग गरेको खुलेको छ। प्रहरीका अनुसार, उनले २०६८ जेठ २६ गते जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट नक्कली कागजातका आधारमा नागरिकता लिएका थिए।

उनले मामा पर्ने ननुलाल धामीको नाममा वंशज प्रमाणित गराएर नागरिकता बनाएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *