Categories समाचार

नेपालमा पहिलोपटक पर्सामा ड्रोनमार्फत भूमि नापजाँच सम्पन्न

Advertisement

पर्सा । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रङ्गपुर टाडीमा नेपालमै पहिलोपटक ड्रोन प्रविधि प्रयोग गरी भूमि नापजाँच कार्य सम्पन्न गरिएको छ।

भूमि समस्या समाधान आयोगबाट खटिएको नापी टोलीले वरिष्ठ नापी अधिकृत तथा अनुगमन प्रमुख राजकुमार विश्वकर्माको नेतृत्वमा आज सो कार्य पूरा गरेको हो।

Advertisement

आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या शीघ्र समाधान गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिएको हो।

Advertisement

अध्यक्ष अहमदले भने, “ड्रोनले करिब १० मिनेटमै पूरा गर्ने काम, आयोगका पाँच जनाको टोलीलाई परम्परागत तरिकाले गर्न एक महिना लाग्थ्यो।”

आयोगका अनुसार भूमि नापजाँचमा ड्रोन प्रविधिको प्रयोग नेपालमा पहिलोपटक भएको हो। नापजाँचको अवसरमा वडा अध्यक्ष विजय गैरे, आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्का, नापी टोलीका सदस्यहरू तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *