Categories अन्तर्राष्ट्रिय

भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैनः ट्रम्प

Advertisement

काठमाडौँ l अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार मामिला समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना नभएको बताएका छन्।

भारतविरुद्ध ५० प्रतिशत भन्सार घोषणापछि व्यापार वार्ताको कुनै सम्भावना छ भनेर ह्वाइट हाउसका एक पत्रकारले सोध्दा ट्रम्पले भने, ‘छैन, हामीले यसलाई समाधान नगरेसम्म छैन।’

Advertisement

ट्रम्पको यो अभिव्यक्ति बिहीबार रुससँग व्यापार गरे भारतमा थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि आएको हो।

Advertisement

अमेरिकाले हाल भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल लगाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *