Categories समाचार

नेटको तार तान्ने क्रममा एक मजदुरको मृत्यु

Advertisement

काठमाडौँ l करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा करेन्ट तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार स्थानीय हिलेटोल हाइटस्थित फाइबर वल्र्ड कम्युनिकेशन प्रालिमा काम गर्ने क्रममा शुक्रबार उनलाई करेन्ट लागेको थियो।

Advertisement

नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल वसुन्धारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *