Categories खेलकुद समाचार

प्रसौनीमा महाबिरी झण्डा मेलाअन्तर्गत भव्य कुस्ती प्रतियोगिता सम्पन्न

Advertisement

वीरगञ्ज । बारा जिल्लाको प्रसौनी गाउँपालिका–१ मा हर्षोल्लासका साथ श्री महाबिरी झण्डा मेला सम्पन्न भएको छ। मेलाअन्तर्गतको मुख्य आकर्षणका रूपमा रहेको विशाल कुस्ती प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले गरे।

यस कुस्ती प्रतियोगितामा नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतका नामी–गामी कुस्तीबाजहरूको सहभागिता रहेको थियो। स्थानीय दर्शकहरूदेखि टाढाटाढाबाट आएका खेलप्रेमीहरूले खेलको आनन्द लिँदै मेलाको वातावरणलाई थप उत्साहपूर्ण बनाएका थिए।

Advertisement

रक्षाबन्धन पर्वलाई मध्यनजर गर्दै विशेष रूपमा आयोजना गरिएको यो मेलाको अध्यक्षता राजेश मुखियाले गरेका थिए भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जैसवाल रहेका थिए। कुल २० जोडीबीच भएको प्रतिस्पर्धामा घम्साघम्सीपूर्ण भिडन्त देखिएको थियो।

Advertisement

प्रतियोगितामा पुलिस क्लबका धर्मेन्द्र यादव र जितेन्द्र पहलवानले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरेका छन्। बाँकी प्रतिस्पर्धीहरू भने कडा चुनौतीका बाबजुद पराजित भएका छन्।

स्थानीयवासीको सक्रिय सहभागिता र खेलप्रेमीहरूको ठूलो उपस्थिति रहने यो महाबिरी झण्डा मेला प्रसौनी क्षेत्रको सांस्कृतिक तथा खेलकुद परम्परालाई निरन्तरता दिने महत्वपूर्ण थलोका रूपमा पुनः प्रमाणित भएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *