Categories समाचार

सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन : सांसद शाह

Advertisement

काठमाडौं l प्रतिपक्षि दल आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारको कस्टडिमा रहेको व्यक्तिहरु सुरक्षित नभएको बताएका छन्।

बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले केहि दिन अघि कैलाली कारागारमा भएको भरत चौधरीको मृत्युको सन्दर्भलाई जोडेर सरकारको कस्टडिमा व्यक्ति सुरक्षित नभएको बताएका हुन्।

Advertisement

उनले नेपालमा नेताको लुट र भ्रस्टचार मात्र सुरक्षित भएको बताए। उनले सरकारको कस्टडिमा एउटा कैदी बन्दिको हत्या हुन्छ त्यस्को जिम्मा कस्ले लिने भन्दै यस्मा कैदी बन्दि दोषि हो कि सरकारको बेथिती दोषि हो भनेर सरकार सँग प्रश्न गरे। सरकारको कस्टडिमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए।

Advertisement

‘देशमा शान्ति सुरक्षा त कायम भएन भएन अब त कारागार समेत मान्छ सुरक्षित भएनन्। सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित नहुने भयो। नेपालमा त हामी हेर्दा एउटा मात्र सुरक्षित छ त्यो हो नेताको लुट र भ्रस्टचार। हिजो विरगन्ज कारगारमा समयमा उपचार नपाएर एक जना कैदी राहुल शाहाको मृत्यु भयो। माथिको आदेशको अभावमा ति व्यक्ति हस्पिटल हुँदा हुँदै पनि मृत्युवरण गर्नु पर्‍यो। केहि लिन अधि दुनियालाई लज्जित हुने कैलाली कारागारमा भरत चौधरीको मृत्यु भयो,’ उनले भने, ‘म सोध्न चहान्छु भरत चौधरीको हत्याको जिम्मा कस्ले लिई दिन्छ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *