Categories समाचार

अल्ट्रा अभियानका सञ्चालक दीपेश वर्णवाल ठगी आरोपमा पक्राउ

Advertisement

वीरगञ्ज । ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, वर्णवालले अनलाइन व्यापार र लगानीको नाममा विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ असुली गर्दै लुकीछिपी बस्दै आएका थिए। पीडितहरूका भनाइअनुसार, उनले ऑनलाइन कारोबारमा ठुलो कमाईको लोभ देखाई नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्दै आएका थिए।

Advertisement

यसअघि उनले त्यही पैसाबाट‘अभियान डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’जस्ता नाममा व्यापार सञ्चालन गर्दै अनेक व्यक्ति तथा परिवारलाई आर्थिक रूपमा बर्बाद पारेको आरोप लागेको छ। ठगीसम्बन्धी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

Advertisement

वर्णवाल केही दिनअघि नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई नेपालमा नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारीको माफियाको नामले चिनिन्छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *