Categories समाचार

गोली हानेर लागूऔषध कारोबारी पक्राउ

Advertisement

बिरगंज l धनुषामा गोली प्रहार गरेर लागू औषध ओसारपसारकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गोली लागेर पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ६ ढल्केवर बस्ने वर्ष ४८ का पप्पु साह छन् ।

उनको दाहिने खुट्टामा लागेको छ। उनको जानकी मेडिकल कलेज रमदैयामा उपचार भई रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

Advertisement

उनका अनुसार आज साँझ ५ बजेको समयमा धनुषा मिथिला नगरपालिका -२ नक्टाझिज स्थित ढल्केवर जनकपुर सडक खण्डमा जनकपुरबाट ढल्केवर तर्फ आउदै गरेको बा ८७ प ९६७ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा प्रहरीले गोली हानेर पक्राउ गरेको हो । उनको साथबाट २ सय ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । यस्तै मोटरसाइकलमा पछाडि सवार
धनुषाको हंसपुर नगरपालिका .५ निकाल बस्ने गोबिन्द रामको श्रीमती वर्ष ३० की  सेलो देवी रामलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

काठमाण्डौबाट प्र.नि.राकेश यादव र इ.प्र.का.महेन्द्रनगर धनुषाबाट प्र.नि. राजाराम यादव खटिएको संयुक्त टोलिले उक्त मोटरसाइकललाई नियन्त्रणमा  लिन खोज्दा भाग्न खोज्दा बेरेटा सानो पेस्तोलबाट १ राउण्ड हवाई फायर, १ राउण्ड मोटरसाइकल चालकलाई गोली लागेको डिएसपी सिंहले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *