वीरगञ्ज । वीरगञ्ज–३, प्रगतिनगरस्थित आचार्य एकेडेमीमा विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सन्चो डेन्टल क्लिनिककी डा. नेहा साहको नेतृत्वमा चिकित्सक टोलीले सहभागी विद्यार्थीहरूको दाँतको परीक्षण गरेर आवश्यक परामर्श र सल्लाह प्रदान गरेको थियो।
शिविर सफल बनाउन सरोज कुमार शाह, कन्हैया कुमार मण्डल, ओम प्रकाश शाह र नितेश कुमार शाहले विशेष सहयोग पुर्याएका थिए।
विद्यालयका प्रधानाध्यापक मो. सगीर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले विद्यार्थीलाई दाँत सफा राख्ने अभ्यासलाई जीवनशैलीमै उतार्नुपर्नेमा जोड दिनुभयो। नियमित मुख परीक्षण र दन्त स्वच्छताले गम्भीर रोगबाट बच्न सकिने भन्दै उहाँले सचेतना फैलाउन आग्रह गर्नुभयो।






