Categories समाचार

वीरगन्ज महानगरलाई सूर्य नेपालद्वारा ह्याचरी मेसिन सहयोग

वीरगन्ज । सूर्य नेपाल प्रालिले वीरगन्ज महानगरपालिकाका कुखुरा तथा पन्छीजन्य कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँच थान ह्याचरी मेसिन उपलब्ध गराएको छ।

व्यवसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको उक्त सहयोगबापत वीरगन्ज महानगरपालिकाले सूर्य नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

Advertisement

महानगरपालिकाले यस सहयोगले कृषकहरूलाई आधुनिक प्रविधि अपनाउन प्रोत्साहन दिने, गुणस्तरीय चल्ला उत्पादनमा वृद्धि हुने र आयआर्जनमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Advertisement

महानगर प्रमुख राजेशमान सिंहले भविष्यमा पनि सूर्य नेपाल र वीरगन्ज महानगरपालिका बीच यस्ता साझेदारी र सहयोगका कार्यक्रमहरू निरन्तर रहने अपेक्षा व्यक्त गर्दै धन्यवाद प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *