Categories समाचार

मानवसेवा आश्रम वीरगञ्जद्वारा सिमराबाट मानसिक अवस्था कमजोर एक पुरुषको उद्धार

Advertisement

वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले शुक्रबार राति बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२ स्थित वन कार्यालय अगाडिबाट मानसिक अवस्था कमजोर एक पुरुषलाई उद्धार गरेको छ।

अन्दाजी ४० वर्षीय ती पुरुषले आफ्नो नाम र ठेगाना प्रष्ट रूपमा बताउन नसक्ने अवस्थामा भेटिएका थिए।

Advertisement

उद्धारपछि उनलाई आश्रममा लगिएको र सरसफाइ तथा नुहाइ–धुहाइ गराइपश्चात् डाक्टर भरत गोईतको निगरानीमा स्वास्थ्य परीक्षण तथा औषधोपचार गरिने आश्रमले जनाएको छ।

Advertisement

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास तथा स्थानीय व्यक्तिहरूको सक्रियता रहेको आश्रमले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *