भरतपुर l सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलास्थित सडकखण्डमा बिहान ४ः२० बजे पहिरो खसेर सडक अबरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार अहिले दुई वटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएपछि केही बेरमा बाटो सूचारु गर्ने तयारी भइरहेको खनालले जनाकारी दिनुभयो ।






