Categories समाचार

‘स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान

वीरगञ्ज । स्व. फोटो पत्रकार सुबोध सिंहको स्मृतिमा स्थापना गरिएको ‘स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष वीरगञ्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिएको छ।

प्रतीक प्रकाशन समूहको वार्षिकोत्सवको अवसर पारेर आइतबार आयोजित विशेष समारोहमा पुरस्कार हस्तान्तरण गरिएको हो। ५१ हजार रुपैयाँ राशिसहितको उक्त पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका पर्सा संवाददाता तथा मधेस खबर अनलाइनका अध्यक्ष शाहलाई प्रदान गरिएको हो।

Advertisement

कार्यक्रममा आर्थिक अभियान दैनिकका संवाददाता तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाललाई ‘उत्कृष्ट स्तम्भकार’ सम्मान प्रदान गरिएको छ। प्रतीक दैनिकका संवाददाता प्रमोद यादव ‘उत्कृष्ट संवाददाता’का रूपमा सम्मानित भएका छन्। त्यस्तै स्व. चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कारबाट शुर्यनारायण विकलाई सम्मानित गरिएको छ ।

Advertisement

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *