Categories समाचार

सिद्धार्थ माविद्वारा शिक्षक रौनियारको उपचारका लागि ‘जीवन रक्षार्थ अभियान’ सुरु

वीरगञ्ज । सिद्धार्थ माध्यमिक विद्यालय, वीरगञ्जले आफ्ना सहायक प्रधानाध्यापक प्रेमीशंकर रौनियारको उपचारका लागि विशेष पहल थालेको छ।

मस्तिष्कघात (Brain Hemorrhage) का कारण हाल गम्भीर अवस्थामा उपचाररत रौनियारलाई सहयोग पुर्‍याउन विद्यालयले जीवन रक्षार्थ अभियान घोषणा गरेको हो।

Advertisement

विद्यालयमा आइतबार बसेको आकस्मिक स्टाफ बैठकले रौनियारको स्वास्थ्य स्थिति गम्भीर रहेको जानकारी लिएर तत्काल सहयोगको निर्णय गरेको छ। बैठकले विद्यालय र शिक्षक–कर्मचारीको तर्फबाट रु. २ लाख २६ हजार उपचारमा पठाउने निर्णय गरेको प्रधानाध्यापक विनोद मेहताले जानकारी दिनुभयो।

Advertisement

विद्यालयले भनेको छ, “शिक्षक मात्र नभई मार्गदर्शक र प्रेरणाका स्रोत बनेका रौनियारलाई बचाउन समाजका सबैले हातेमालो गर्नु आजको साझा दायित्व हो।” विद्यालय परिवारका अनुसार, यस अभियानलाई व्यापक बनाउन अभिभावक, पूर्वविद्यार्थी, शुभचिन्तक र समाजका दयालु हातहरूलाई सक्रिय सहभागी हुन आग्रह गरिएको छ।

सहयोगका लागि खाता विवरण

राष्ट्रिय वाणिज्य बैंक (RBB)

खाता नाम : धोराहि साह

खाता नम्बर : 1710100000014010

काठमाडौंमा उपचाररत रहेका रौनियारका लागि विद्यालयले जारी गरेको अपिलपत्रमा भनिएको छ, “यो अभियान केवल एक शिक्षकलाई मात्र होइन, शिक्षा र मानवीय मूल्यलाई समेत जीवनदान दिने प्रयास हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *