वीरगञ्ज । पूर्वमन्त्री तथा संघीय सांसद रमेश रिजालले सोमबार वीरगञ्ज–२५ श्रीसिया स्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गर्दै बिहानको भोजन सेवा योगदान गरेका छन्।
सो अवसरमा उनले आगामी दिनमा आफूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा, JCI वीरगञ्जका अध्यक्ष सरोज चौरसिया लगायतको उपस्थिति रहेको थियो।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहँदा रिजालले विभिन्न सहयोगी दाताको सहकार्यमा आश्रमलाई एउटा पिकअप गाडी उपलब्ध गराएका थिए।






