Categories समाचार

वीरगञ्जका गायक सुनिल पंडितको नयाँ भोजपुरी गीत ‘राज करतानी’ सार्वजनिक

वीरगञ्ज । लोकप्रिय भोजपुरी गायक सुनिल पंडितले आफ्नो नयाँ गीत ‘राज करतानी’ सार्वजनिक गरेका छन्।

गीतलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले विमोचन गरेका हुन्।

Advertisement

World of Wonder, वीरगञ्जमा छायांकन गरिएको भिडियोमा टिकटकर निभा यादव, हास्यकलाकार दिपेश शर्मा र धिरज पंडितको अभिनय देख्न सकिन्छ।

Advertisement

सुनिल पंडित र गायिका शिल्पी राजको आवाजमा रहेको गीतलाई शिव साजनले लेखेका हुन् भने संगीत मन्टु मनिषले भरेका छन्।

भिडियो नवीन नेपालीले निर्देशन गरेका हुन्। गीतले नयाँ अनुभव दिने विश्वास व्यक्त गर्दै पंडितले दर्शक–श्रोतासँग माया र समर्थनको अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *