Categories बीबीसी

अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा

काठमाडौं l अमेरिकाले मुलुकको कानुन तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। बीबीसीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले तीमध्ये धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी गरेका र आतंकवादलाई समर्थन गरेकाहरू छन्।

यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक अंश हो, जसअन्तर्गत विदेशी विद्यार्थीहरूलाई पनि कडाइ गरिएको हो।

Advertisement

यद्यपि अमेरिकाको विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन। ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहुदीविरोधी व्यवहार गरेको आरोप लागेका विद्यार्थीलाई पनि कारबाही गरेको छ।

Advertisement

अमेरिकाको विदेश मन्त्रालयले भनेको छ, ‘६ हजारमध्ये ४ हजार जनाका भिसा कानुन तोडेका कारण रद्द गरिएको छ। अन्यमा आईएनए ३बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा २०० देखि ३०० भिसा रद्द गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *