Categories समाचार

नेपाल नेत्रज्योति संघ पर्साद्वारा प्रहरीलाई सनग्लास सहयोग

Advertisement

पर्सा । नेपाल नेत्रज्योति संघ पर्साले जिल्ला प्रहरी कार्यालयलाई सूर्यको किरणबाट आँखा सुरक्षित राख्न सहयोगस्वरूप सनग्लास हस्तान्तरण गरेको छ।

संघका सभापति भगवती चौधरी र केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई उक्त सामग्री हस्तान्तरण गरेको हो।

Advertisement

दिनभर घाममा खटिएर जनताको सुरक्षामा जुट्ने प्रहरीलाई आँखा सुरक्षा गर्नका लागि सहयोग स्वरूप चस्मा प्रदान गरिएको संघका सचिव शिताराम उपाध्यायले जानकारी दिए।

Advertisement

सहयोग ग्रहण गर्दै एसपी मिश्रले नेत्रज्योति संघ परिवारलाई धन्यवाद ज्ञापन गर्दै प्रहरीहरूको स्वास्थ्य सुरक्षाका लागि गरिएको योगदान प्रशंसनीय रहेको बताए।

संघका सदस्य राजन श्रीवास्तवका अनुसार उक्त पहलले प्रहरीलाई दैनिक ड्युटीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *