Categories समाचार

सिटी मार्केटद्वारा आश्रमलाई सहयोग

वीरगञ्ज । आर्मी ब्यारेक नजिकै अवस्थित वीरगञ्ज सिटी मार्केट का विभिन्न पसलहरूले मानव सेवा आश्रम, वीरगञ्जलाई १५ थान हाफ पाइन्ट र १५ थान टि–सर्ट सहयोग गरेका छन्।

सहयोग संयोजक विक्की सरार्फले “समाजलाई सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य हो, आश्रम जस्ता संस्थामा सहयोग गर्दा आत्मसन्तुष्टि मिल्छ,” भन्दै आगामी दिनमा पनि निरन्तर योगदान गर्ने मार्केट तर्फबाट प्रतिबद्धता व्यक्त गरे।

Advertisement

त्यस्तै, मानव सेवा आश्रमका प्रतिनिधि प्रकाश थारूले “सिटी मार्केटका व्यवसायी सक्रियताले आश्रमका सेवाग्राहीलाई ठूलो राहत पुगेको छ। निरन्तर सहयोगको विश्वास दिलाइदिनुभएकोमा हामी अत्यन्त आभारी छौँ,” भन्ने प्रतिक्रिया दिएका छन्।

Advertisement

सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका देवेश गुप्ता, मार्केटतर्फबाट सुजित साह, विष्णु ठाकुरलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *