Categories समाचार

नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रका नवनिर्वाचित पदाधिकारीलाई महानगरको सम्मान

Advertisement

वीरगंज । नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रको हालै सम्पन्न निर्वाचनबाट चयन भएका पदाधिकारीलाई वीरगंज महानगरपालिकाले आज औपचारिक रूपमा सम्मान गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले मंगलबार आफ्नो कार्यकक्षमा आयोजित कार्यक्रममार्फत नयाँ नेतृत्वलाई सम्मान गर्दै आगामी कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । विजयी पदाधिकारीहरूमा अध्यक्ष प्रियान्सु कुमार गुप्ता, उपाध्यक्ष श्याम किशोर दास, सचिव मनिष केशरीसहित कार्यसमितिका अन्य इञ्जिनियरहरू सहभागी थिए ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले इञ्जिनियरहरूको पेशागत दक्षता र इमान्दारिता देशको विकासका लागि अनिवार्य रहेको भन्दै नयाँ नेतृत्वले अझ सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “इञ्जिनियरहरू विकासको मेरुदण्ड हुन् । तपाईँहरूको योजनाबद्ध काम र इमानदार प्रयासले मात्र शहर र देशको विकास सम्भव हुन्छ । त्यसका लागि महानगर सधैं सहयोगका लागि तयार छ ।”

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पनि नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै व्यावसायिक मर्यादा कायम राख्दै महानगर र समुदायसँग सहकार्यमा काम गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ नेतृत्वले इञ्जिनियरहरूको हकहितसँगै समाज विकासमा ठोस योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष प्रियान्सु कुमार गुप्ताले महानगरले देखाएको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै इञ्जिनियरिङ क्षेत्रको उन्नति र पेशागत मर्यादा कायम राख्न सबैलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा युवा इञ्जिनियरहरूको क्षमता विकास, तालिम र प्राविधिक क्षेत्रमा नवीनता ल्याउन आफू प्रतिबद्ध रहने पनि बताउनु भयो ।

कार्यक्रममा उपस्थित अन्य पदाधिकारी तथा इञ्जिनियरहरूले पनि आ-आफ्ना धारणा राख्दै महानगरसँग सहकार्य गरेर वीरगंजलाई आधुनिक, व्यवस्थित र प्राविधिक दृष्टिले सम्पन्न शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *