Categories समाचार

वीरगन्ज–१६ मा हरियाली प्रवर्द्धन अभियान, स्थानीयलाई निशुल्क बिरुवा वितरण

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१६, नगवामा वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विशेष अभियान सुरु गरिएको छ। कार्यक्रममा फलफूल, छायाँ दिने र औषधीय गुणयुक्त विभिन्न बिरुवा निशुल्क वितरण गरियो।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले अभियानको शुभारम्भ गर्दै रुख–बिरुवाको संरक्षणमा सबैको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको बताए।

Advertisement

सहभागीहरूले घर आँगन, विद्यालय, मठ–मन्दिर तथा सार्वजनिक स्थानमा बिरुवा रोप्ने प्रतिबद्धता जनाए।

Advertisement

यस अभियानमा स्थानीय जनप्रतिनिधि तथा पार्टीका विभिन्न पदाधिकारीको उपस्थिति थियो। वन डिभिजन कार्यालय पर्साले उपलब्ध गराएको बिरुवा समुदायको घरदैलोमै पुर्याई टोल–टोललाई हराभरा बनाउने लक्ष्य लिइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *