Categories समाचार

उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्ः प्रचण्ड

Advertisement

काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार बनेदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको उनले टिप्पणी गरेका छन् । प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको जिकिर पनि गरेका छन् ।

Advertisement

प्रचण्डले उपसभामुख रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको जिकिर गरेकी थिइन् । उपसभामुख राना असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाउन अमेरिकी दूतावासलाई पत्र लेखेसँगै विवादमा तानिएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *