Categories समाचार

भोजपुरी खण्डकाव्य ‘गीताज्ञान दर्शन’का लेखक पाण्डेय सम्मानित

Advertisement

वीरगञ्ज । वरिष्ठ साहित्यकार तथा लेखक प्रमोद पाण्डेय ‘हेरम्ब’ द्वारा लिखित भोजपुरी खण्डकाव्य ‘गीताज्ञान दर्शन’ लाई कलैयास्थित गोपाल सेवा समितिद्वारा सम्मानित गरिएको छ ।

समितिका अध्यक्ष जंगबहादुर यादव, भोजपुरी प्रतिष्ठान (बारा) का अध्यक्ष रामप्रसाद साहसहित समितिका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा लेखकलाई विशेष सम्मान अर्पण गरिएको थियो ।

Advertisement

यसै अवसरमा लेखक पाण्डेयले आफ्नै कृति ‘गीताज्ञान दर्शन’ प्रसिद्ध भोजपुरी गायक अनिल वर्मालाई ससम्मान हस्तान्तरण गरेका थिए ।

Advertisement

यसअघि सो कृतिको लोकार्पण वीरगञ्जमा आयोजित भव्य समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी सबैलाई लेखकले धन्यवाद ज्ञापन गर्दै कृतिप्रति देखाइएको माया र समर्थनप्रति आभार प्रकट गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *