Categories समाचार

पहिलो पाइला नेपाल वीरगञ्ज शाखामा अन्तरिम संयोजक नियुक्त

Advertisement

वीरगञ्ज । सामाजिक संस्था पहिलो पाइला नेपालले वीरगञ्ज शाखाको वर्तमान कार्यसमिति विघटन गरी नयाँ नेतृत्वको जिम्मेवारी दिएको छ।

संस्थाको केन्द्रिय कार्यसमितिको २०८२ श्रावण २१ गते सम्पन्न बैठकले वीरगञ्ज शाखाको कार्यसमिति विघटन गर्दै संस्थापक अध्यक्ष निश्चल प्रजापतीलाई तीन महिनाको लागि शाखाको अन्तरिम संयोजकको जिम्मेवारी प्रदान गरेको हो।

Advertisement

वीरगञ्ज शाखा विभिन्न कारणले लामो समयदेखि नियमित सामाजिक कार्यमा सक्रिय हुन नसकेको भन्दै शाखालाई पुनः सशक्त बनाउन प्रजापतीलाई पूर्ण अधिकारसहित जिम्मेवारी दिइएको केन्द्रिय समितिले जनाएको छ।

Advertisement

पत्र अनुसार, प्रजापतीले तोकिएको अवधिभित्र शाखालाई सक्रिय बनाउँदै नयाँ कार्यसमिति गठन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ।

यस निर्णयको जानकारी संस्थाका सबै शाखा, केन्द्रिय सचिवालय र समितिलाई समेत गराइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *