Categories समाचार

वीरगञ्जमा बजार स्थानान्तरण: मेयर सिंहले गरे स्थलगत अनुगमन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २, छपकैयाँस्थित रेल्वे रोडसँगैको करिब ३२ कट्ठा जग्गामा बी.पी. उद्यान बजार सार्ने तयारी अन्तिम चरणमा पुगेको छ। यस परियोजनालाई महानगरले नगर विकास र आर्थिक सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा अघि बढाएको छ।

बजार स्थानान्तरण कार्यको प्रगति, संरचना निर्माणको गुणस्तर तथा व्यवस्थापन पक्षबारे प्रत्यक्ष जानकारी लिन मेयर राजेशमान सिंह स्वयं स्थलमा उपस्थित भएर अनुगमन गरेका छन्। अनुगमनको क्रममा उनले गुणस्तरीय निर्माण र व्यवस्थित बजार व्यवस्थापन सुनिश्चित गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन्।

Advertisement

यो बजार स्थानान्तरणले व्यापारीहरूलाई दीर्घकालीन सुरक्षा, स्थानीय बासिन्दालाई व्यवस्थित सेवा सुविधा, र समग्र महानगरलाई थप आर्थिक गतिशीलता प्रदान गर्ने महानगरको विश्वास छ ।

Advertisement

सो अवसरमा श्री साहेब बाबा धामका पीठाधीश्वर परम पूज्य गुरुदेव भगवान महामण्डलेश्वर श्री श्री १००८ श्री देवेन्द्र दास महाराज, प्राविधिक सल्लाहकार, इन्जिनियरसहित सरोकारवालाको सक्रिय उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *