वीरगंज । वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई आचार संहिता पालनामा सचेत गराएको छ।
महानगरपालिकाका अनुसार केही शिक्षकहरूले विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको स्वीकृति नलिई विद्यालय बाहिर काम गर्दै आएका छन् भने आफ्नै विद्यालयको पठन-पाठनमा अनियमितता देखिएको पाइएको छ।
नगरपालिकाले शिक्षा नियमावली, २०५९ को नियम १३३ (ज) र वीरगंज महानगरपालिकाको शिक्षा नियमावली, २०७४ को नियम १०४ (ज) बमोजिम शिक्षकहरूले आचार संहिता अनिवार्य रूपमा पालन गर्नुपर्नेमा जोड दिएको छ।
यसबारे पालना नगरे कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि जारी गरिएको छ।
महानगरपालिकाले सबै शिक्षक तथा कर्मचारीहरूलाई आफ्नो विद्यालयमा पठन-पाठन नियमित राख्न र विद्यालय बाहिरको कुनै पनि कार्य अघि बढाउन स्थानीय तहको स्वीकृति लिन आग्रह गरेको छ।






